काठमाडौं, १२ माघ । चितवनको रत्ननगर नगरपालिका ७ सिसुवारका मुसहर समुदायहरुको लागी रोटरी क्लबले घर निर्माण गरिदिने भएको छ । गत साउनमा आएको वाढीबाट प्रभावित भएका उनीहरुलाई चितवन र गैडाकोटमा रहेका ६ वटा रोटरी क्लवहरुको पहलमा १२ वटा घर निर्माण गर्न लागिएको हो ।
घर निर्माणका लागि कुल लागतको ५० प्रतिशत रकम हस्तवहादुर भट्टराई स्मृति प्रतिष्ठानले प्रदान गर्नेछ । निर्माण गर्न लागिएको घरको शुक्रवार एक कार्यक्रमकाबीच रोटरी क्लव ३२९२ का डिष्ट्रिक गर्भनर सन्जय गिरी र प्रतिष्ठानकी संरक्षक पार्वती भट्टराईले सयुक्त रुपमा सिलान्यास गरे ।
घाम र पानी छेक्ने अवस्थाको घर नभएपछि विभिन्न दाताहरुको सहयोगमा पहिलो चरणमा १२ परिवारको लागी कुल ४० लाख लागतमा घर निर्माण गर्न लागिएको रोटरी क्लव ३२९२ का डिष्ट्रिक सहायक गर्भनर एवं निर्माण समितीका संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रत्येक घरमा तीन वटा कोठा र शौचालय निर्माण गर्ने गरी शिलन्यास गरिएको घरहरु तिन महिना भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने योजना रहेको रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष बिष्णु शर्माले वताए ।
नेपाल परिवार हल्याण्ड नामक संस्थाले १५ कठ्ठा सात धुर जग्गा खरिद गरेर २७ जना मुसहरहरुको नाममा दर्ता रहेको जग्गामा घर निर्माण हुन लागेको हो ।
एबीसी रिर्पोटर विकास पौडेल
प्रतिक्रिया दिनुहोस्