ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिड क्लब विश्वकपको फाइनलमा


एबीसी / संवाददाता
२६ माघ २०७९, बिहिबार   ८ : १०   बजे

एजेन्सी, २६ माघ । रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मोरक्कोमा गएराति भएको सेमिफाइनलमा इजिप्टको अल आलीमाथि४–१ गोल अन्तरको सहज जित निकाल्दै मड्रिड उपाधि नजिक पुगेको हो ।

केही मुख्य खेलाडी बिना नै उत्रिएको मड्रिडले ४२औँ मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत अग्रता लियो । पहिलो हाफमा १–० गोलको अग्रता लिएको मड्रिडले दोस्रो हाफमा थप ३ गोल गर्‍यो ।

खेलको ४६औँ मिनेटमा फेडेरिक भाल्भर्डेले गोल गर्दै मड्रिडको अग्रता दोब्बर पारे । ६५औँ मिनेटमा अल आलीले खेलमा फर्कने प्रयास गर्‍यो । अली मालोउलले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता २–१मा झारेको थियो ।

खेलको ८७औँ मिनेटमा मड्रिडले अग्रता बढाउने मौका गुमायो । लुका मोड्रिच पेनाल्टीमा चुक्दा मड्रिडले खेलमा ३–१ को अग्रता लिने मौका गुमायो । मोड्रिचको प्रहार अल आलीका गोलरक्षक मोहम्मद अल सेवानीले बचाए ।

तर, खेलको इन्जुरी समयमा रोड्रिगोले गोल गर्दै मड्रिडले अग्रता ३–१ मा पुर्‍यायो । लगत्तै वैकल्पिक खेलाडी सर्जियो आरिबासले गोल गर्दै मड्रिडलाइ ४–१ को स्पष्ट जित दिलाए ।

मड्रिडले अब शनिबार उपाधिका लागि साउदी अरेबियाको अल हिलालसँग प्रतिस्पर्धा गर्ने छ । अल हिलाल ब्राजिलको फ्लामियालाई हराउँदै फाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group