ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’


एबीसी / संवाददाता
२७ माघ २०७९, शुक्रबार   ८ : ३०   बजे

टीकापुर, २७ माघ । बालबालिकाले शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन् । विद्यार्थीलाई पढाइसँगै उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गरी क्षमता विकास गर्ने काम शिक्षकबाटै हुने भएकाले परिवारका सदस्यसँग गरिने व्यवहार शिक्षकसँग खोजिरहेका हुन्छन् ।

कालिका आधारभूत विद्यालयकी शिक्षिका शान्ति काफ्ले साना बालबालिकाले अझ बढी स्नेह खोज्ने बताउँछिन् । “बालबालिकालाई असल मार्ग देखाउने, सपना देखाउने काम परिवार, साथी, विद्यालय, आफन्त सबैले गर्छन्”, उनी भन्छिन्, “शिक्षकले त भविष्य देखाउनुपर्छ । आमाको काखबाट विस्तारै विद्यालय आउने बालबालिका शिक्षक पनि आमाजस्तै माया गरुन भन्ने चाहन्छन् ।”

काफ्लेले साना नानीबाबु काखमै निदाउने, घरजस्तै वातावरणमा खान र खेल्न खोज्ने बताइन् । “आजभोलि तीन वर्ष पार नगर्दै बालबालिकालाई विद्यालय पठाइन्छ । साना नानीबाबु विद्यालयमा पनि आमा खोज्छन्”, उनी भन्छिन्, “हामीले पनि आमाजस्तै माया गरे पो उनीहरु विद्यालयमा टिक्छन् । नभए विद्यालय आउनै मान्दैनन् ।”

शिक्षण सिकाइ क्रियाकलापको मूल उद्देश्य पनि यही हो । बालबालिकालाई पढाइसँगै असल बनाउन अभिभावक, विद्यार्थी स्वयं र शिक्षकको अहम् भूमिका रहन्छ । बालबालिका अभिभावकजस्तै शिक्षकबाट माया, स्नेह र साथीजस्तो व्यवहार खोज्छन् ।

अभिभावकले आफ्ना बालबालिका र आफ्ना सपना पूरा गर्ने, गराउने आधार खडा गर्न विद्यालय र शिक्षकप्रतिको विश्वासमा विद्यालय पठाउने गरेका कर्णाली मावि टीकापुरका शिक्षक नारायण ढुंगाना बताउँछन् । “विद्यार्थी विद्यालयमा रहँदा शिक्षकलाई असल अभिभावक, असल साथी ठान्छन”, ढुंगाना भन्छन्, अभिभावक र विद्यार्थीको शिक्षकप्रतिको यही विश्वासका कारण शिक्षक शिक्षक बन्न सकेका हुन् । हामीले जतिखेर, जहाँ पनि उनीहरुका अपेक्षा पूरा गर्नुपर्ने हुन्छ ।”

बालबालिकामा भएका अन्तर्निहित क्षमतालाई उजागर गर्नका निम्ति शिक्षक पुल बनेका हुन्छन् । शिक्षक माया भट्टराई विद्यार्थीलाई पढाउँदा सङ्ख्या धेरै हुने भएकाले छलफल र अन्तक्र्रिया गर्न समस्या हुने गरेको बताउँछिन् । “सामुदायिक विद्यालयमा विद्यार्थी धेरै हुँदा समस्या हुन्छ”, उनले भनिन्, “विद्यार्थीले छलफल र प्रयोगात्मक कक्षा मन पराउँछन् ।”

शिक्षिका दिलाकुमारी रावलले साना बालबालिका पढाइभन्दा खेल्न, दैनिक दिइने खाजा र शिक्षकको नजिक हुन मन पराउने गरेका बताइन् । “हामीकहाँ विपन्न समुदायका बालबालिका बढी छन् । उनीहरु दिउँसो विद्यालयमा दिइने खाजा कुरेर बस्छन्”, उनले भनिन्, “शिक्षकसँग खेल्न, कुराकानी गर्न र खेल्दै पढ्न खोज्छन् ।”

शिक्षक पदमबहादुर बुढा विद्यार्थी शैक्षिक सामग्रीको प्रयोग गर्दा खुसी हुने र सैद्धान्तिकभन्दा प्रयोगात्मक कुरामा बढी ध्यान दिने गरेका बताउँछन् । “हामीले पढाउँदा शैक्षिक सामग्रीको सकेसम्म धेरै प्रयोग गर्छौं”, उनी भन्छन्, “प्रयोगात्मक कक्षा गरेर अध्ययन गराउँदा सिकाइ छिटो हुन्छ ।”

शिक्षक धनञ्जय ढुंगाना विद्यार्थी शिक्षकजस्तै सक्रिय नभएको बताउनुहुन्छ । “विगतका विद्यार्थी धेरै मेहनती तर अहिले सोचेजस्तो मेहनती छैनन्”, उनले भने, “बालबालिकाको सिकाइ सुधारका लागि शिक्षक र विद्यार्थी दुवै मेहनती हुनुपर्छ ।”

शिक्षिक तारा साउँद प्राविधि र अन्य ज्ञान नभएको शिक्षकलाई विद्यार्थीले नपत्याउने भएकाले शिक्षकले हरेक कुराको ज्ञान लिनुपर्ने बताउँछन् । “अहिलेका बालबालिकाले मोबाइल, इन्टरनेटजस्ता प्रविधिको प्रयोग गरी धेरै कुरा जानेका हुन्छन्”, उनी भन्छन्, “कुनै कुराको ज्ञान शिक्षकसँग छैन भने विद्यार्थीले हेप्छन् । त्यसैले शिक्षक धेरै मेहनती हुनुपर्छ । हरेक प्रविधि र ज्ञानसि परिचित हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group