पोखरा, १२ माघ । पोखरा रंगशालामा जारी १६ औ संस्करणको आहारारा गोल्डकपमा विभागीय टीम नेपाल पुलिस क्लव क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा रमपम झापा एघारलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै पुलिस क्लव आहा रारा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
खेलको १३ औ मिनेटमा नेपाल पुलिसका जर्सी नम्बर ९ का सुनिल लामाको गोल नै निर्णायक गोल हुन पुग्यो । लामाले रमपम झापाका दिलेन लोक्तान र निरोज बस्नेतलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।
रमपम झापाले खेल अवधिभर राम्रो अवसर पाएको भएतापनी अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित ब्यहोर्नुप-यो । खेलमा नेपाल पुलिसका रवि पास्वान म्यान अफ दी म्याच घोषित भए ।
नेपाल पुलिसले आगामी माघको १६ गते क्वार्टर फाइनलमा मनाङ मस्याङदीको सामना गर्नेछ । खेल अन्तर्गत शनिवार पहिलो क्वाटर फाइनलको खेल उत्तर बरिन्धारा बंगलादेश र शुदुरपश्चिम ११ वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
एबीसी रिर्पोटर सुशान्त गाहा मगर
प्रतिक्रिया दिनुहोस्