ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन बिसाउने चौतारी बन्दै मिलन केन्द्र


एबीसी / संवाददाता
२८ माघ २०७९, शनिबार   ७ : ०९   बजे

लेखनाथ, २८ माघ । सहरीया जीवन निकै व्यस्त छ, पछिल्लो पुस्ताका मानिस आ–आफ्नै काममा व्यस्त छन् । ज्येष्ठ नागरिकको जीवन भने दिनप्रतिदिन एक्लिँदो छ । तिनै ज्येष्ठ नागरिकलाई भेला पारी मन बिसाउने ठाउँ बनेको छ, पोखराको विन्ध्यवासिनी मन्दिरस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र ।

सत्तरी वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई छ वर्षयता भेला पारी आफूजस्तै दौतरीसँग रमाइलो, आफ्ना बाल्यकाल र युवाअवस्थाका दुःखसुखका कुरा आदानप्रदान गर्ने साझा चौतारीका रूपमा विकास भएको छ ज्येष्ठ नागरिक मिलन केन्द्र ।

उमेर ढल्किँदै जाँदा घरमा एक्लो महसुस हुने र आफूजस्तै उमेर समूहका सँग अन्तरंग कुराकानी गर्दा मन रमाउने भएर पनि ज्येष्ठ नागरिक मिलन केन्द्रमा वृद्धवृद्धाको सङ्ख्या बढेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले छ वर्षदेखि सञ्चालनमा ल्याएको उक्त केन्द्रमा दिनहुँ एक सयको सङ्ख्यामा उपस्थित हुने गर्छन् ।

विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र पोखरामा दिनप्रतिदिन रमाउन जानेको सङ्ख्या बढिरहेको छ । सुरुमा ५० जना उपस्थित हुने मिलन केन्द्रमा अहिले दैनिक एक सयभन्दा बढी जम्मा हुने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्रविकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

विन्ध्यवासिनी मन्दिर वरपर क्षेत्रका वृद्धवृद्धा केन्द्रमा उपस्थित हुन्छन् । उनीहरूलाई रमाइलो गराउन भजनचुड्का तथा नाचगान गराइनुका साथै हप्ताको दुई दिन गीता पाठ, श्रीमद्भागवतको कथा वाचन गराइन्छ । साथै विभिन्न धार्मिक विषयमा प्रवचन दिने गरिएको जानकारी सचिव श्रेष्ठले दिए ।

गीता पाठ गर्दै वृद्धवृद्धाको मन खुसी पार्दै गरेका पूर्वप्राध्यापक आनन्दराज पराजुलीले ज्येष्ठ नागरिकलाई खुसी पार्दा आयु बढ्ने मात्र हैन, उनीहरूको मनसमेत प्रफूल्ल पार्न सकिने भनाइ राख्छन् ।

त्यति मात्र हैन उनीहरूका लागि दिउँसोको खाजा व्यवस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले गरिदिएको छ, । वृद्धवृद्धाको जन्मदिनसमेत मनाइदिने गरिएको छ । दिवा सेवाअन्तरगत सञ्चालित मिलनकेन्द्रमा आवश्यक पर्ने खाजा तथा जन्मदिन मनाउनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्चको व्यवस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले व्यहोर्दै आएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

मिलन केन्द्रमा पुगेका ७६ वर्षीय ज्येष्ठ नागरिक पानप्रसाद आचार्यले घरमा मात्र बसिरहनुभन्दा केन्द्रमा आउँदा धार्मिक ज्ञान र आफ्ना दौँतरीसँग भेटघाट हुने र मनका कुरा साटासाट गर्न पाइने बताउँछन् । भजन र धार्मिक प्रवचनले जीवनका पीडा सबै भुल्ने गरेको भनाइ आचार्यको छ । आचार्यले भने, “म मात्र हैन श्रीमती पनि केन्द्रमा आउने गरेकी छन् ।”

विन्ध्यवासिनी मात्र हैन पोखराको लामाचौर, पर्स्याङ, छोरेपाटन, नयाँबजारलगायतका ठाउँमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा छन् । पोखराका केही वडा कार्यालय समेतले ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरी सहयोग गर्दै आएका छन् । गरिब असहायका लागि भने वृद्धाश्रमसमेत खुलेका छन् ।

यस्ता मिलनकेन्द्रमा राज्यको खासै लागानी भने देखिएको छैन । यो मिलन केन्द्र मन्दिरको आम्दानीबाट चलेको छ । एक्लो जीवनले वृद्धावृद्धामा पारेको नकारात्मक प्रभाव घटाउन मिलन केन्द्र राम्रो विकल्प बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group