ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन्यजन्तु बढेपछि किसान हैरान


एबीसी / संवाददाता
२८ माघ २०७९, शनिबार   १० : ०९   बजे

महोत्तरी, २८ माघ । “न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो”, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्छिन्, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।” खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ ।

खेतबारीमा बाँदर, निलगाई र बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका बर्दिबास नगरपालिकाका वन क्षेत्र नजिकका किसान बताउँछन् । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि महोत्तरीका किसानको हैरानी बढेको छ ।

वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । वनक्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर भने जिल्लाका तल्लो भेगका बस्तीमा देखिँदैनन् तर नीलगाई र बँदेलचैँ हुलमै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमीटर दुरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् । बाँदर र दुम्सीले भने वन क्षेत्र नजिकका बस्तीमा सताउने गरेका छन् ।

राधाजस्तै पूर्वपश्चिम राजमार्गबाट करिब पाँच किलोमिटर दक्षिणको बर्दिबास–७ मनहरिपुरकी ७० वर्षीया इन्द्रमायाँ पौडेल पनि वन्यजन्तुले हैरान खेलाएको बताउँछिन् । “यता बाँदर त लाग्दैनन्, तर नीलगाई र बँदेलले खेतबारीको बाली नोक्सान पारेर धुरुक्क रुवाए”, पौडेलले भनिन् । खासगरी कोवी, बन्दा, केराउजस्ता तरकारी बाली र अहिले लहलहाउँदै गरेको गहुँ नीलगाई र बँदेलले नोक्सान गर्ने गरेका पौडेलको भनाइ छ ।

आफ्नो बस्तीमा बँदेल र नीलगाईले बाली नोक्सान गरेर सताएको भारतीय सीमावर्ती बस्ती सम्सीका मुनेश्वर यादव बताउँछन् । दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले मध्यरातपछि बालीनाली नोक्सान गर्ने गरेको यादवको भनाइ छ । बँदेलले रातीमात्र बाली नोक्सान गर्छ । तर ठुलै समूहमा देखिने नीलगाईले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका भारतसँग जोडिएको सोनमा गाउँपालिका–३ रघुनाथपुरका रामप्रताप यादव बताउँछन् । नीलगाईचैँ मानिसबाट छलिने र बस्तीभन्दा टाढाको उखुघारी र अन्य झाडीमा बस्ने गरे पनि बँदेललेभने रातिमा बस्तीभित्रै पसेर घरकरेसाका केराका थामसमेत लडाउने गरेको सम्सी गाउँका इम्तियाज अहमद बताउँछन् ।

नीलगाई मानिसको डरले भाग्ने गरे पनि बँदेलचैँ झम्टन आउने गरेपछि खेतबारी डुल्न डर भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेष मन्सुरले बताए । बँदेलले प्रत्येक रातजसो फूलकोबी, बन्दाकोबी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गर्छ ।

जिल्लाको बर्दिबास नगरपालिकाका दक्षिणतर्फका बस्ती मनहरीपुर, पशुपतिनगर, प्रेमनगर, बिजलपुरा र हाथीलेट एवं भंगाहा नगरपालिकाका प्रेमनगर, रामनगर, पलार, भुचक्रपुर, राजपुर र धतियाटोलतिर चार/पाँच वर्षदेखि बँदेल अड्डै जमाएर बस्ने गरेका पशुपतिनगरका किसान महेन्द्र महतोको भनाइ छ । बँदेलले त कैयन छिमल बच्चा यतै हुर्काइसकेका रामनगर बस्तीका किसान नारायण दाहाल बताउँछन् । दुम्सी आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेका दाहालको भनाइ छ ।

नीलगाई र बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैन । उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनिंया र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर दुःख दिने गरेको छ । वन क्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीको चहलपहल बढ्न थालेपछि जंगली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती-बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेकाहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group