काठमाडौं १ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले ुधर्म,संस्कृति र नागरिक बचाऊ महाअभियानको पूर्व राजा ज्ञानेन्द्र शाहले शुभारम्भ गरेका छन् ।
प्रसाईल् आफ्नो यो अभियानको सुरुवात पूर्वराजा ज्ञानेन्द्र शाहबाट गराएका हुन्। प्रसाईले पूर्वराजा शाह, युवराज पारस शाह र उनको परिवारका सदस्यहरूलाई एकै मञ्चमा राखे।
प्रसाईले ुधर्म,संस्कृति र नागरिक बचाउ महाअभियानुलाई झापाको काकडभिट्टास्थित मेचीपुलबाट सुरु गरेर महाकालीसम्म पुर्याउने बताएका छन्।
मेची पुलमा पूर्वराजा शाहले दीप प्रज्वलन गरेर सोमबार महाअभियानको उद्घाटन गरे।
प्रसाईको महाअभियान उद्घाटनका क्रममा पूर्वराजा शाह, छोरा पूर्वयुवराज पारस र छोरी प्रेरणा पनि सहभागी थिए। तर यस अभियानका क्रममा पूर्वरानी कोमल र पूर्वयुराज्ञी हिमानी भने देखिएनन्।
प्रसाईले यो अभियानका क्रममा संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा र व्यावसायिक वातावरणको माग गरेका छन्।
प्रसाईंले यो महाभियान मेची पुलबाट महाकाली हुँदै काठमाडौंमा पुर्याएर टुंग्याउने तयारी छ। प्रसाई एमाले केन्द्रीय सदस्यका साथै उद्योग विभागका उपप्रमुख पनि हुन्।
प्रतिक्रिया दिनुहोस्