बुटवल, १२ माघ ।
शिक्षा क्षेत्रमा कलम चलाए बापत प्याब्सन रुपन्देहीले एबीसी रिपोर्टर इन्दिरा खनाललाई सम्मान गरेको छ । प्याब्सनले आफ्नोे १५ औ साधारणसभाको अवसरमा श्रब्यदृष्य रिपोर्टिङमा शैक्षिक बिधामा खोजमुलक समाचार प्रशारण गरेको भन्दै खनाललाई सम्मान गरेको हो ।
निजि बिद्यालयका बिद्यार्थीहरुलाई भर्ना गर्दै सामुदायीक बिद्यालयले राम्रो नतिजा ल्याउने र सरकारी अनुदान लिने गरेको बिषयमा एबीसी न्युजबाट खोजमुलक समाचार प्रशारण गरिएकाले पत्रकार खनाललाई सम्मान गरिएको ब्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनुभयो । जापानमा रहेका खनालको परिवारका सदस्यले सम्मान बुझेका थिए ।
साधारणसभाको नेकपा एमालेका उप–महासचिव तथा रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले उदघाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रममा बोल्दै उप महासचिव पौडेलले नेपालको शिक्षा क्षेत्रको विकासमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । उहांले निजी विद्यालयको योगदान विना अहिलेको शिक्षा सोच्न समेत नसकिने बताउंदै शिक्षामा संस्थागत विद्यालयको ठूलो योगदान भए पनि अहिलेसम्मका सरकारले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताउनुभयो ।
अबको सरकारले सामुदायिक र संस्थागत विद्यालयको दूरी घटाउन पहल गर्ने पौडेलको भनाई छ ।
कार्यक्रममा प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले राज्यले निजी विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरूलाई छात्रावृत्ति वञ्चित गरी ठूलो अपमान गर्दै आएको बताउनु भयो । ढुंगानाले राज्यकै कारण निजी विद्यालयले प्राविधिक शिक्षा भित्राउने वा नभित्राउने अन्यौलमा पारेको बताउनुभयो । कार्यक्रममा एसईई रुपन्देहीबाट नेपाल प्रथम भएका विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्