ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भारतका एकजना सचिव आउँदा पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरू र सबै नेताहरु लम्पसार परे’ : चित्रबहादुर केसी


ABC NEWS
३ फाल्गुन २०७९, बुधबार   ३ : १८   बजे

 

‘

काठमाडौँ ३ फागुन । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपाली सरकार प्रमुखहरू विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशिर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको आरोप लगाएका छन् ।

‘एक–दुई दिन पहिलो छिमेकी राष्ट्र भारतबाट परराष्ट्र सचिवको नेपाल आगमन भयो । एउटा कर्मचारीस उहाँले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत विभिन्न मानिसहरूको बीचमा भेटघाटको अभियान नै चलाउनुभयो । राष्ट्र सानो–ठूलो हुन सक्छ । निश्चय पनि नेपालको तुलनामा भारतको भूगोल, जनसंख्या, आर्थिक दृष्टिकोणले ठूलो छ । तर सार्वाभौमसत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो–ठूलो हुँदैन‚’ केसीले भने ।

सांसद केसीले भारतका सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको भन्दै गुनासो गरे ।
केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रुपमा नै भूमिका खेलेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बुधबार बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । उनले शक्ति राष्ट्रहरूले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकूल भूमिका खेलिरहेको बताए । उनले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि पुगिरहेको आरोप लगाए ।

‘सार्वभौम सत्ता हरेक राष्ट्रको बराबर हुन्छ तर नेपालबाट पूर्वप्रधानमन्त्रीहरू वा जिम्मेवार मन्त्रीहरू जाँदा भारतीय शासकहरूले, खास गरेर उपल्लो तहका शासकहरूलाई भेट्नै सक्दैनन् । उहाँहरू निराश भएर फर्किनुपर्छ । तर‚ छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरू आफूलाई असाध्यै जान्नेसुन्ने र देशको स्वाभिमान हुँ भन्दै मुन्टो हल्लाउँदै हिँड्ने, किन यसरी विदेशीहरूको अघि लम्पसार परिरहेका छन्, राष्ट्रिय स्वाभिमानबारे उहाँहरूलाई अलिकति लाज लाग्दैन‚’ उनले भने ।

नेपालमा राष्ट्रपति कसलाई बनाउने भन्ने अहिलेको चर्चाको विषय भएको भन्दै उनले अगाडि भने‚ ‘त्यस सम्बन्धमा शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावलाई अप्रत्यक्ष रुपले हेर्ने गर्दथे । अहिले त प्रत्यक्ष रुपमै आफ्नो देशको अनुकूल मान्छेलाई राष्ट्रपति बनाउने खेल भइरहेको छ, यसले नेपालको स्वाभिमान‚ राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल पुर्‍याइरहेको छ ।’

विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशिर्वादबाट आफ्नो दुनो सोझ्याउनेतर्फ लाग्दा यसले राष्ट्रको स्वाभिमान, इज्जतमाथि खलल पुग्ने सांसद केसीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group