ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा भारतसँग नेपालको बराबरी


एबीसी / संवाददाता
४ फाल्गुन २०७९, बिहिबार   ७ : २४   बजे

काठमाडौँ, ४ फागुन । फरवार्ड सावित्रा भण्डारीले २ मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतविरूद्ध रोमाञ्चक बराबरी खेलेको छ ।

चेन्नइको जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली भारतलाई २–२ को बराबरीमा रोकेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भयो ।

पहिलो हाफमा नेपालले गोल गर्ने थुप्रै अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । दोस्रो हाफमा भारतले तीन खेलाडी परिवर्तन गर्दै नेपाललाई दबाबमा राख्यो । त्यसपछि १२ मिनेटको अन्तरमा दुई गोल गरेको भारत सहज जिततर्फ उन्मुख थियो । तर, भण्डारीले २ मिनेटको अन्तरमा २ गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन् ।

खेलको ५६औँ मिनेटमा मनिसाको क्रममा सौमा गोगुलोसको गोलमा भारतले सुरूवाती अग्रता बनाएको थियो । ६८औँ मिनेटमा भारतले अग्रता दोब्बर पार्‍यो । भारतीय कप्तान इन्दुमतीको गोलमा भारतले नेपालविरूद्ध २–० को अग्रता लियो ।

८८औँ मिनेटमा नेपालले खेलमा फर्कने अवसर पायो । स्विटी देवीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपाले पेनाल्टी पाएको थियो । भण्डारीले पेनाल्टीमा सहजै गोल गर्दै स्कोर २–१ को स्थितिमा ल्याइन् । लगत्तै भारतीय डिफेन्सको कमजोरीको भरपुर फाइदा उठाउँदै भण्डारीले वन भर्सेस वनमा सुन्दर गोल गरिन् ।

नेपालले अब दोस्रो मैत्रीपूर्ण खेल शनिबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरामा ग्यास आपूर्तिमा समस्या, सिलिन्डर बोकेर लाइनमा सर्वसाधारण

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu