ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर सिटी शीर्ष स्थानमा


एबीसी / संवाददाता
४ फाल्गुन २०७९, बिहिबार   ८ : ३८   बजे

काठमाडौँ, ४ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेपछि उपाधि दौड रोमाञ्चक बनेको छ ।

यो जितपछि सिटी आर्सनललाई उछिन्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ । इमिरेट्समा भएको खेलमा सिटीले २४औँ मिनेटमा केभिन डि ब्रुयनाको गोलमा अग्रता लिएको थियो ।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा आर्सनलले खेल बराबरीमा पुर्‍यायो । सिटीका गोलकिपर एडर्सनले आर्सनलका एडी नेकिटियालाई फउल गरेपछि आर्सनलले पेनाल्टी पायो । जसलाई बुकायो साकाले गोलमा परिणत गरे ।

७२औँ मिनेटमा ज्याक ग्रिलिसले गोल गरेपछि आर्सनलको आशा लगभग समाप्त भएको थियो । ग्रिलिसका लागि इल्काइ गुन्वानले सहयोग गरेका थिए ।

८२औँ मिनेटमा डि ब्रुयनाको पासमा अर्लिङ हालान्डले गोल गरेपछि पेप ग्वार्डिवालाको टोलीले महत्वपूर्ण ३ अंक बटुल्यो ।

साविक विजेता सिटीको २३ खेलबाट ५१ अंक छ । एक खेल कम खेलेको आर्सनलको पनि समान ५१ अंक छ । गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा रहेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरामा ग्यास आपूर्तिमा समस्या, सिलिन्डर बोकेर लाइनमा सर्वसाधारण

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu