ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एल्चेमाथि मड्रिडको फराकिलो जित


एबीसी / संवाददाता
४ फाल्गुन २०७९, बिहिबार   ९ : १७   बजे

काठमाडौँ, ४ फागुन । स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले पराकिलो जित निकालेको छ ।

घरेलु मैदान सान्टियागो बर्नेबेउमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले एल्चेमाथि ४–० गोलको फराकिलो जित निकालेको हो । मड्रिडको जितमा कप्तान करिम बेन्जेमाले दुई तथा मार्को एसेन्सियो र लुका मोड्रिचले समान एक–एका गोल गरे ।

खेलको ८औँ मिनेटमा मार्को एसेन्सियाको गोलबाट मड्रिडले खेलमा १–०को अग्रता लिन सफल भएको थियो । उनले ड्यानी कार्भाजलको पासमा ४ खेलाडीबीचबाट सुन्दर गोल गर्न सफल भएका थिए ।

३१औँ मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै मड्रिडको अग्रता दोब्बर पारे । क्रसबाट आएको पासलाई बेन्जेमाले हेडर प्रयास गर्दा एन्जो रोकोले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा बेन्जेमा चुकेनन् । पहिलो हाफको इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्जेमाले पुनः पेनाल्टीमा गोल गरेपछि मड्रिडले पहिलो हाफमा ३–०को अग्रता लिन सफल भयो ।

त्यस्तै, ६८औँ मिनेटमा ड्यानियल सेवालोसको स्थानमा मैदान छिरेका लुका मोड्रिचले ८०औँ मिनेटमा मड्रिडका लागि चौथो गोल गरे ।

जितसँगै २१ खेलबाट ४८ अंक जोडेर मड्रिड अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा समान खेलबाट ५६ अंक जोडेको बार्सिलोना छ । पराजित एल्चे भने ९ अंकसहित पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीको कारण अझै रहस्यमै, हिमपहिरोदेखि ड्याम फुटेसम्मको आशंका

रसुवामा उद्धारका लागि तीन जिल्लाबाट सशस्त्र प्रहरीको थप टोली परिचालन

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu