ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र स्कटल्यान्ड भिड्दै


एबीसी / संवाददाता
५ फाल्गुन २०७९, शुक्रबार   ५ : ५८   बजे

काठमाडौँ, ५ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा घरेलु टोली नेपालले स्कटल्यान्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ । यसो त आइसिसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्यान्डलाई हराउन नेपाललाई त्यति सहज भने छैन ।

त्रिवि मैदानमा बुधबार भएको खेलमा स्कटल्यान्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो । स्कटल्यान्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो ।

यसअघि यही फागुन २ गते भएको नामिबियाविरूद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो । यसकारण पनि स्कटल्यान्डलाई पराजित गर्ने नेपालको लक्ष्य रहेको छ ।

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा नेपालले पहिलो पटक नामिबियालाई हराएको थियो । नेपालले नामिबियालाई दुई विकेटले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।

लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ खेलमा हार ब्यहोरेको छ । स्कटल्यान्ड ४८ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्डले अब नेपालसँग २ र नामिबियासँग एक गरी कुल ३ खेल खेल्न बाँकी छ । बाँकी सबै खेलमा पराजित भए पनि स्कटल्यान्ड शीर्ष स्थानमा रहने छ । उसलाई अब कुनै पनि टोलीले पछि पार्न सक्दैनन् ।

त्यस्तै, लिग–२ मा नेपालले अब ११ खेल खेल्न बाँकी छ । २५ खेलमा ९ मा जित र १४ खेलमा हार ब्यहोरेको नेपाल २० अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ । एकदिवसीय मान्यता पाएका विभिन्न ७ एसोसिएट राष्ट्र सहभागी लिग–२ मा एउटा टोलीले ३६ खेल खेल्नेछन् । नेपाललाई एकदिवसीय मान्यता जोगाइराख्न अबका बाँकी खेल जित्नैपर्ने दबाब छ ।

नेपालले सन् २०१८ को मार्चमा भएको एकदिवसीय विश्वकप छनोट प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरी पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रि मान्यता पाएको थियो । नेपालको त्यो एकदिवसीय मान्यता आगामी जुलाइस्म्म मात्र रहने छ । एकदिवसीय मान्यता पाउनलाई पनि नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग–२ मा नेपाल शीर्ष पाँचभित्र अटाउनु पर्ने छ ।

यसैगरी, लिग–२ मा ओमान ३६ खेलमा २१ जित र १३ हारसहित ४४ अंकसाथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ जित र १३ हारका साथ ३७ अंकसहित तेस्रो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ जित र १७ हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ जित र ११ हारसहित २७ अंक जोड्दै पाँचौँ स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ जित र २५ हारसहित ५ अंक जोड्दै अन्तिम स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरामा ग्यास आपूर्तिमा समस्या, सिलिन्डर बोकेर लाइनमा सर्वसाधारण

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu