ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाम गठबन्धनको सरकारको विकल्प छैन : कमल थापा


ABC NEWS
१३ माघ २०७४, शनिबार   ३ : ३१   बजे

नवीन कुमार गुप्ता
सप्तरी, १३ माघ । राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले संवैधानिक जटिलताका कारण सरकार बन्नमा ढिलाई भएको बताउनु भएको छ । उहाँले बाम गठबन्धनलाई यस पटक जनताले जनाधिकार दिएकोले बाम गठबन्धनको सरकारको विकल्प नरहेको समेत बताउनु भयो । उहाँले अब बन्ने सरकारले मुलुकमा स्थायित्व कायम गर्ने र समग्र आर्थिक विकासका लागि मुलुक अगाडी बढाउने अपेक्षा गरिएको बताउनुभयो ।
मोरङ, झापा, सुनसरी र सप्तरीको भ्रमणमा रहेका मन्त्री थापाले आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा संविधान निर्माणका क्रममा काँग्रेस, एमाले र माओवादीले संवैधानिक जटिलताका बारेमा पर्याप्त ध्यान नदिएको भन्दै निर्वाचन सम्पन्न गराई सरकार निर्माण गर्ने बारे मात्र उनीहरुले सोचेकोले अहिलेको संबैधानिक जटिलता आएको आरोप समेत लगाउनुभयो ।

मधेश केन्द्रित दल राजनीतिक स्वार्थमा आन्दोलन गरेको र उनीहरुको मुद्दा समेत स्पष्ट नरहेको बताउँदै मन्त्री थापाले प्रादेशीक मुद्दा उठाएर जनतालाई झुक्याई सत्तामा रहन मात्र मधेशी दलले आन्दोलन गरेको आरोप समेत लगाउनुभयो ।

उहाँले नेपाली जनतामा अहिले पनि हिन्दु राष्ट्रको अभिमत नघटेको दाबी गर्दै अब सडकबाटै पार्टीले उठाएको एजेण्डालाई स्थापित गर्ने जिकिर गर्नुभयो । उहाँले हिन्दु राष्ट्रको एजेण्ड बोकेको राप्रपाले पार्टी विभाजन, निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवार खडा गर्न नसक्नु र काँग्रेससँग गरिएको तालमेलमा काँग्रेसले सहयोग नगरेकोले निर्वाचनमा हार व्यहोर्नु परेको बताउनुभयो ।

मन्त्री थापाले आगामी दिनमा राप्रपा रचनात्मक ढंगले मुलुकको राष्ट्रिय राजनीतिमा सक्रियता जनाइरहने बताउनुभयो ।
उहाँले प्रदेश नं। ३ का प्रमुख अनुराधा कोइरालाको नागरिकता बंशज नै रहेको तर कसैले नागरिकता सम्बन्धमा दाबी बिरोध गरे त्यो अदालतबाट स्पष्ट हुने बताउँनुभयो । यद्दपी उहाँले प्रदेश नं। ३ का प्रमुख अनुराधा कोइरालाका भाई अभय गुरुङसँग फुटवल खेलेको र उनी दार्जिलिङ निवासी रहेको खुलासा समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

अधिवेशनकै दिन रास्वपा धनुषाका सभापति यादव निलम्बित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

सर्लाही–४ मा मतदान सुरु भएकै केही समयमा हुलदङ्गा: बसबरियाको जनता माविमा तनाव, मतदान केहीबेर अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group