ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज देशैभरि वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षाको चेतावनी


ABC NEWS
८ भदौ २०८३, सोमबार   ८ : २५   बजे

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज सोमबार देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो र राति विशेषगरी कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज बिहान ८ बजेसम्म देशका कुनै पनि स्थानमा वर्षा नभएको महाशाखाले जनाएको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। कोसी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, कोसी, बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थान तथा मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनका लागि तयार

देउवाले कोइरालालाई प्राथमिकता दिँदा खड्कामा असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनका लागि तयार

२०२ वटा सफल मिर्गौला प्रत्यारोपण : कानुनी जटिलता र अभाव अझै चुनौती

नेपाल ‘ए’ आज होबर्टसँग भिड्दै, पहिलो जितको खोजीमा

Shifting Global Power Dynamics Highlight Media Bias and Historical Grievances

Nepal Faces Recurring Disaster Challenges Despite Preparedness Efforts

Aging in Nepal’s Capital: A Reflection on Time and Care

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu