ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्कटल्यान्डविरूद्ध पहिले बलिङ गर्दै नेपाल


एबीसी / संवाददाता
९ फाल्गुन २०७९, मंगलबार   ८ : ३७   बजे

काठमाडौँ, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृंखलाअन्तर्गत नेपालले स्कटल्यान्डविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झाको स्थामा ललितनारायण राजवंशीलाई मौका दिएको छ ।

आजको खेल जितेमा नेपाललाई शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता जोगाउन सहज हुने छ ।

उता स्कटल्यान्डको लिग–२ मा यो अन्तिम खेल हो । पहिलो खेलमा नामाबियालाई १० विकेटले हराउँदै तीन खेल अगावै च्याम्पियन बनेको थियो । नेपालसँगको खेलपछि स्कटल्यान्डले उपाधि ट्रफी त्रिवि मैदानमै पाउने छ ।

पहिलो खेलमा स्कटल्यान्ड नेपालसँग तीन विकेटले पराजित भएको थियो । स्कटल्यान्डले प्रस्तुत गरेको २७५ रनको विजयी लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

स्कटल्यान्ड ३५ खेलमा २४ जित र ९ मा हारसहित ५० अंकका साथ शीर्ष स्थानमा छ । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौँ स्थानमा छ ।

यदि नेपालले बाँकी सबै ९ खेल जितेको खण्डमा ४२ अंकका साथ शीर्ष तीनमा रहँदै सोझै जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने पाउने छ । शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नु पर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता जोगाउन ९ मध्ये ५ खेल जित्नुपर्ने हुन्छ ।

नेपालको प्लेइङ–११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group