ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु


एबीसी न्यूज
११ फाल्गुन २०७९, बिहिबार   १ : २१   बजे

काठमाडौं,११ फागुन । सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो ।

चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा गराउने २१ हजार पाँच सय आठ सवारी चालकलाई कारबाही गरिएको छ । तीमध्ये ढोका खुल्ला राखेर सवारी साधन गुडाउने मात्रै १५ हजार छ सय २९ चालक कारबाहीमा परेका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

ढोका खुला राख्दा त्यहाँबाट यात्रु खस्ने जोखिम बढी हुन्छ । प्राप्त विवरणानुसार साउन महिनामा दुई हजार छ सय ८३, भदौमा दुई हजार आठ सय ७३, असोजमा सात सय ४९, कात्तिकमा एक हजार आठ सय २६, मङ्सिरमा दुई हजार आठ सय २६, पुसमा दुई हजार सात सय ३४ र माघ महिनामा एक हजार नौ सय ३८ चालक काराबाहीमा परेका थिए् ।

ढोका खुला राख्ने धेरै भए पनि क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउँदै गरेका पाँच हजार आठ सय दुई चालकलाई पनि कारबाही गरिएको उहाँले बताउनुभयो । त्यस्तै ७७ टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको थियो। टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पाइएपछि उनीहरूलाई कारबाही गरिएको हो ।
क्षमताभन्दा बढी यात्रु राख्दा सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमताभन्दा बढी यात्रु नराख्न यतायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुण्डिएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गर्नुभयो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा एक सय ६४ मा सवारी साधनमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकामा सो हदभन्दा बढी राखेर सवारी साधन चलाएमा कारबाही हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group