ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशस्तरको औषधि आपूर्ति केन्द्र बनाइने


एबीसी न्यूज
१२ फाल्गुन २०७९, शुक्रबार   ३ : ४२   बजे

काठमाडौं,१२ फागुन । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा गण्डकी प्रदेशस्तरकै एलोपेथिक औषधि आपूर्ति केन्द्र बनाइने भएको छ । यहाँ रहेको तेत्तीस रोपनी जमिनमा गण्डकी प्रदेशको आपूर्ति केन्द्र बनाउन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयबाट जग्गा प्राप्तिका लागि स्वीकृति पाएपछि प्रक्रिया अघि बढाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । “गण्डकी प्रदेश र संघीय सरकारको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबाट अनुगमन भैसकेकाले छिट्टै केन्द्र निर्माणका लागि प्रक्रिया अघि बढाइने छ ।” सेभ द चिल्डेनको आर्थिक सहयोगमा एलोपेथिक औषधि बनाएर वितरण केन्द्र बनाउने विषयमा प्रारम्भिक अनुसन्धान भैरहेको पनि उहाँले बताउनुभयो ।

केन्द्रका लागि पन्ध्र रोपनी जग्गा भए पुग्ने भएकाले बाँकी जग्गामा आयुर्वेदिक अस्पताल बनाउन प्रदेश सरकारले चासो देखाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।सोही स्थानमा मित्रता माविको र आसपास गरी करिब तीन सय रोपनी सार्वजनिक जग्गा रहेकाले पालिकाले प्रदेश सरकारलाई ट्रमा सेन्टर बनाइदिन प्रस्ताव गरेको अध्यक्ष चुमानले जानकारी दिनुभयो । स्थानीयस्तरमै उपचारको व्यवस्था गर्न सकिने भएकाले तीनवटै तहका सरकारले ट्रमा सेन्टर निर्माणमा चासो देखाएका उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu