काठमाडौँ, १५ फागुन । टोटेनहम हटस्परले चेल्सीलाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिगमा टोटेनहमले घरेलु मैदानमा चेल्सीलाई २–० ले पराजित गरेको हो ।
टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा ओलिभर स्किप र कप्तान ह्यारी केनले ले गोल गर्दै चेल्सीलाई २–० ले पराजित गरेको हो । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
दोस्रो हाफको सुरुमै ओलिभर स्किपले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए भने ८२औँ मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमको जित पक्का गरिदिए ।
यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २५ खेलबाट ४५ अंकमा छ भने चेल्सी २४ खेलबाट ३१ अंकसहित १०औँ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्