ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुगुमा पावर हाउस बनेको दुई दशक नाघ्यो तर बत्ति बलेन


एबीसी / संवाददाता
१६ फाल्गुन २०७९, मंगलबार   ९ : ११   बजे

मुगु १६ फागुन । जिल्लाको मुगूम कार्मारोङ गाउँपालिका वडा नम्बर ८ मा रहेको च्याप्ने गाड जलविद्युत् आयोजना एक दशक बढी  बितिसक्दा पनि हालसम्म बल्न सकेको छैन ।

२०५८ सालमा स्थापना भएको च्याप्ने गाड जलविद्युत् आयोजना सञ्चालन भएको करिब २० वर्षभन्दा बढी समय बितिसक्दा पनि हालसम्म सञ्चालनमा आउन नसक्दा बत्ति नबलेको हो ।

यो जलविधुत आयोजनाबाट २५ किलोवाट विद्युत उत्पादन गर्ने क्षमता रहेको दुई वटा माँग्री र मह गाँउमा बस्ने ३ सयभन्दा बढी घरधुरीलाई लक्षित गरी निमार्ण गरिएको थियो ।

उक्त आयोजनाबाट करोडौं रकम हिनामिना भएको र टाठा बाठाहरुले मात्र उपभोक्ता समितिमा बसी मागिखाने भाँडो बनाएको बताइएको छ ।  साबिकको जिल्ला विकास समितिको कार्यालय मुगुअन्तर्गत रहेको दुर्गम विकास क्षेत्रबाट सञ्चालित यस च्याप्नेगाढ साना जलविधुत् आयोजनाको जिम्मा पाएको राधा कन्ट्रक्सनले ५८ लाखमा ठेक्का लिएको थियो ।

राधा कन्टक्सनले कुनै काम नगरेको सामान आयोजनास्थलमा नपुराएको भ्रष्टचार गरेको भन्दै पुनः आफ्नो अध्यक्षतामा नयाँ समिति गठन गरी  काम सुरु गरे पनि अघि बढन नसकेको  कोषाध्यक्ष पाद्मा नाङगेल लामाले बताए । उनका अनुसार सो आयोजना बनाउन दाताहरुको खोजी गरिएको छ ।

२०५८ सालदेखि यस आयोजना सुरु भए पनि पछिल्ला २० वर्षामा  धेरै समिति हेरफेर भैसकेका छ तर विद्युत निमार्ण हुन सकेको छैन । विद्युत निमार्णका लागि भएको खर्च २६ लाख दुर्गम विकास कोषको, साबिकको माग्री गाविसको ५ वडादेखि ९ बडासम्म लक्षित कार्याक्रमको ८ लाख ९० हजार, नेपाल जलवायु परीवर्तन कार्यक्रम लापाको ९ लाख १० हजार, संसद विकास कोषलगायत अन्य विभिन्न निकायको सहयोग गरी ५० लाख र गमगाढ साना जलविधुत् आयोजनाको २० लाख रकम गरी जम्मा १ करोड १४ लाखभन्दा बढी रकम खर्च भइसकेको छ ।

विधुत पावर हाउसमा मात्र केही दिनका लागि मात्र बत्ति बलेको तर गाँउमा भने जनताहरु अन्धकारमा नै बस्नु परेको छ । विद्युत् नबल्दा विशेष गरेर बालबालिका पठनपाठनमा प्रभावित भएका छन् भने वृद्धवृद्धाहरुलाई पनि झन् सास्ती हुने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीमा तीन मन्त्रीले आज शपथ ग्रहण गर्दै

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

सम्बन्धित

नागरिकले अनुभूति गर्ने विकासमा केन्द्रित हुन कर्णाली सरकारलाई पूर्वमुख्यमन्त्रीहरूको सुझाव

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu