काठमाडौँ, १७ फागुन । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल बुधबार दिउँसो ३ बजे दशरथ रंगशालामा सुरू हुने छ ।
आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै फाइनलमा पुगेका सातदोबाटोबीच प्रतिस्पर्धा हुन लागेका हो ।
८ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल मैदामा हुँदै आएको थियो भने फाइनल दशरथ रंगशालामा हुने छ ।
नेकपा (एमाले)निकट युवा संघको आयोजनामा भइरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्