एजेन्सी, १७ फागुन । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । दर्जनौँ यात्रु घाइते भएका छन् ।
समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रणको टोलीलाई उद्दृत गर्दै रेल दुर्घटनामा २६ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
एपी समाचार एजेन्सीले पनि दुर्घटनामा २६ जनाको मृत्यु भएको छ र ८५ जना घाइते भएको जनाएको छ । घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक छ ।
मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किएका थिए । रेल ठोक्किएपछि डिब्बाहरू उछिट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरूको टोली खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस्