वीरगञ्ज, १८ फागुन । हुकिङ गरी विद्युत् चुहावट गर्ने ८ जनालाई बुधबार पर्साको पोखरीयाबाट पक्राउ गरिएको छ ।
चुहावट नियन्त्रण गर्न खटिएको विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरीयाको टोलीले हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा विन्दावासिनी गाउँपालिका बहुवर्वाका अजम राम, सखुवाप्रसौनी गाउँपालिका लखनपुरका जगदीश कमकर, सोही गाउँपालिका सखुवनियाका शम्भु महतो थारू, जिराभवानी गाउँपालिका सखुवनियाका रामशरण माझी, हरैयाका शिवनारायण चौधरी, नौकाटोलका ब्रह्मन्द महतो थारू, ठग पजिंयार र जगरनाथपुर गाउँपालिकाका जगरमियाँ अन्सारी रहेको वितरण केन्द्र पोखरीयाका प्रमुख जगन्नाथ झाले जानकारी दिए ।
सो क्रममा एक थान फ्रिज, पङ्खा र मोटर बरामद गरिएको प्रमुख झाले बताए ।
प्रतिक्रिया दिनुहोस्