काठमाडौँ, २१ फागुन । प्रिमियर लिगमा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका वेस्ले फोफानाले दोस्रो हाफमा सुरूमा नै गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औँ मिनेटमा बेन चिलवेलको पासमा गोल गर्न सफल भएका थिए ।
चेल्सी २५ खेलबाट ३४ अंक जोडेर १०औँ स्थानमा रहेको छ । पराजित लिड्स २२ अंक जोडेर १७औँ स्थानमा सीमित भएको छ ।
प्रतिक्रिया दिनुहोस्