ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु : मुख्यमन्त्री शाह


एबीसी / संवाददाता
२३ फाल्गुन २०७९, मंगलबार   ६ : ३२   बजे

कैलाली, २३ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्ने बताएका छन् ।

मुख्यमन्त्रीको गृहनगर कैलाली जिल्लाको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा नगरसमितिले आयोजना गरेको नेता तथा कार्यकर्तासँग मुख्यमन्त्रीको भेटघाट एवं बधाई कार्यक्रममा उनले संघीयतालाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

अहिले जनप्रतिनिधिको गतिविधिका कारण संघीय संरचनाप्रति नै जनताको विश्वास घट्दै गएको उनको भनाइ थियो । मुख्यमन्त्री शाहले भने, “हिजो जिम्मेवारीमा नरहँदा पनि म तपाईंहरूसँगै थिए, आज पनि तपाईंहरूको साथमा छु । भोलि पनि तपाईंसँगै रहनेछु ।”

बौनियामा एक कार्यक्रममा आफू सहभागी हुँदा एक बूढी आमाले माटो समाएर टीका लगाउँदै बधाई दिएको स्मरण गर्दै मुख्यमन्त्री शाहले यो धर्तीको माटोलाई शिरमा राख्दै समग्र सुदूरपश्चिमको पक्षमा आफू सशक्तरूपमा अगाडि बढ्ने बताए । “जनताको इच्छा आकांक्षा विभिन्न छन् तर पनि प्रदेश सरकारले सीमित स्रोतसाधनका बावजुद सही सदुपयोग, सही परिचालन गरी अगाडि बढ्नुको विकल्प छैन”, मुख्यमन्त्री शाहले भने ।

संघीयतालाई बदनाम गर्ने, प्रदेशलाई बदनाम गर्ने गलत गतिविधि भइरहेको उल्लेख गर्दै उनले विगतका सरकारमा बस्ने जनप्रतिनिधिले संघीयता कार्यान्वयन गर्न जनतालाई विश्वास दिलाउन सके कि सकेनन् भनेर ठुलो चुनौतीका साथै प्रश्न चिह्न खडा रहेको बताए ।

उनले भने, “म तपाईंलाई भ्रष्टाचारका विषयमा विश्वास दिलाउन चाहन्छु, तपाईंलाई भन्न चाहन्छु मैले जीवनमा केही लिएको छैन । दिएको मात्र छु । म एक रुपैयाँ, चौवन्नी पैसासमेत राज्यको कुनै ठाउँबाट गलतरूपले आर्जन गर्ने छैन, सकभर कसैलाई आर्जन गर्न दिने पनि छैन ।”

आफ्नो लक्ष्य प्रदेश कसरी समृद्ध बनाउने, प्रदेशवासीको जीवनयापनमा सहजता कसरी बनाउने र उनीहरूको जीवनस्तर कसरी माथि उठाउने भन्ने मात्र रहेको उनले बताए । अरु क्षेत्र र जिल्लाभन्दा यो क्षेत्र आफ्नो लागि विशेष क्षेत्र भएको भन्दै मुख्यमन्त्री शाहले यस क्षेत्रका जनताको साथ सहयोग आफूले सधैँभरि उसै गरी चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group