ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवन बुडाल मृत्यु प्रकरण : घटनास्थल नजिकै बिस्फोटक पदार्थ फेला


एबीसी / संवाददाता
२३ फाल्गुन २०७९, मंगलबार   ७ : ३३   बजे

बैतडी, २३ फागुन । दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शंकास्पद देखिएको छ । उनको आफैँ मृत्यु भएको हो वा हत्या भएको हो खुल्न सकेको छैन ।

परिवारका सदस्यले बुडालको हत्या भएको भन्दै १२ जनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बैतडीका प्रहरी पवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

फागुन १३ गते वनभोजका लागि दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका बुडाल सोही राति मृतावस्थामा फेला परेका थिए ।

बुडालसँगै पिकनिक मनाउन गएका गजेद्र रावल, अर्जुन रावल, केशव रावल, भीम ठगुन्ना, नवीन ठगुन्ना, नारायण ऐरी, भुवनराम लुहार, दीपेन्द्र ऐरी, श्याम ऐरी, पुष्पराज भट्ट,  टेक खत्री र मोहन ठगुन्नालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले बुडालको शव नजिकबाट बिस्फोटक पदार्थ फेला पारेपछि हिरासतमा रहेका १२ जनामाथि ज्यानसम्बन्धी कसुर र बिस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चल्ने सूचना अधिकारी प्रहरी निरीक्षक जोशीले बताए ।

सुरूमा ७ दिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनीहरूले बिस्फोटक पदार्थ लुकाएर राखेको पत्ता लागेको थियो ।

घटनास्थल नजिकैबाट उक्त बिस्फोटक पदार्थ पनि प्रहरीले बरामद गरेको छ । हाल उनीहरूविरूद्ध दोस्रोपटक थप १२ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बुडाल राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा सूचक पदमा कार्यरत थिए । बिदामा घर आएका बेला दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका बुडाल फागुन १३ गते दोगडाकेदार–४ जाडाबगडस्थित चौलानी नदी किनारमा मृत फेला परेका थिए ।

बुडाल चौलानी नदीमा डुबेको अवस्थामा फेला परेकाले डुबेर मृत्यु भएको अनुमान गरिए पनि उनी पौडी खेल्न सिपालु रहेको आफन्तले बताएका छन् । मृतक बुडालको शव परीक्षण गरिए पनि अस्पतालमै रहेको छ ।

बुडालको मृत्युको सत्यतथ्य पत्ता लगाउनुपर्ने भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन् ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि अनुसन्धान टोली बैतडी पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीवनको शव पोष्टमार्टमपछि भीसेरा परीक्षणका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group