ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’


एबीसी / संवाददाता
२३ फाल्गुन २०७९, मंगलबार   ९ : १६   बजे

बझाङ, २३ फागुन । केदारस्यु गाउँपालिका–४ शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन । दश कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ ।

महिनावारी भएको बेलामा विद्यालयमा नजाने उहाँ अहिले नियमित विद्यालयमा जान थालेकी छन् । “सेनेटरी प्याडको बारेमा केही जानकारी थिएन, च्यातिएको कपडा प्रयोग गर्थ्यौँ । अहिले ज्ञान पनि लियौँ, प्रयोग पनि गर्‍यौँ । निकै सहज भएको छ”, उनले भनिन् । उनीलाई मात्रै होइन । शिक्षादयमा अध्ययनरत अन्य किशोरीलाई सूचना केन्द्र स्थापना भएपछि धेरै फाइदा भएको छ । विद्यालयमा किशोरीमैत्री सूचना केन्द्र स्थापनापछि रावलजस्तै अन्य किशोरी विद्यालयमा सधैँ उपस्थित हुने गरेको शिक्षादय माविका स्वास्थ्य शिक्षक शैलेन्द्रबहादुर सिंहले बताए ।

“किशोरी सुरूमा सेनेटरी प्याड माग्नका लागि शिक्षिकाको बाटो कुर्थे,” उनले भने, “अहिले किशोरीले यो विषयमा धेरै नै ज्ञान लिइसकेका छन् । सूचना केन्द्रमा गएर विभिन्न किशोरीसम्बन्धी कुरा सिक्ने र आवश्यकताअनुसार सेनेटरी प्याड लिने गर्छन् ।” विद्यालयका प्रधानाध्यापक गगनबहादुर विष्टका अनुसार एकीकृत विकास समाज नेपालले विगत चार वर्षदेखि मासिक रूपमा वितरण गर्ने गरेको किशोरमैत्री सामग्रीबाट छात्रालाई सहयोग पुगेको छ । “यौन शिक्षा, किशोरी शिक्षा, बाहिरी शिक्षाबारे छात्रा धेरै जान्ने भएका छन्, प्रधानाध्यापक विष्टले भने, “पहिले महिनाबारीको समयमा विद्यालयमा नै नआउने किशोरी अहिले नियमित भएका छन् । विद्यार्थी एक आपसमा मात्रै नभई अरूसँग पनि खुलेर कुरा गर्नसक्ने भएका छन् ।”

शिक्षादयमा अहिले छात्रा र छात्रा बराबरीको सङ्ख्यामा छन् । त्योमध्येका पनि किशोरावस्थाका छात्रा सय जनाभन्दा बढी छन् । “पहिले सात कक्षा माथिका किशोरी हरेक दिन १०÷१२ अनुपस्थित हुन्थे”, उनले भने, “विद्यालय नआएपछि महिनाबारी भएको हुनसक्ने अनुमान गर्थ्यौँ । आजभोलि भने सबै किशोरीहरू नियमित भएका छन् ।”

जिल्लामा एकीकृत विकास समाज नेपाल (आइडिएस) ले शिक्षादयमा मात्रै नभई जिल्लाका चार सय ४८ विद्यालयमै सरसफाइसम्बन्धी काम गरिरहेको छ । धारा बनाउने, शौचालय निर्माण गर्ने, मर्मत गर्ने, सूचना केन्द्र स्थापना गर्नेलगायत काम गरिरहेको समाजका जिल्ला संयोजक सुरेन्द्र जैरूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group