ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकार सञ्चालनका लागि पूर्वाधारको धमाधम तयारी


admin
१४ माघ २०७४, आइतबार   ७ : ३४   बजे

धनगढी, १४ माघ ।  प्रदेशसभा गठनले पूर्णता पाएसँगै ७ नं प्रदेशमा प्रदेश सरकार सञ्चालनका लागि अवश्यक पर्ने भौतिक पूर्वाधार जुटाउने काम अघि बढाइएको छ ।

क्षेत्रीय प्रशासक एवं ७ नं प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले हाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेर दिएको मन्त्रालयको नाम र संख्याबमोजिम स्थापना हुन लागेका सातवटा मन्त्रालयका लागि आवश्यक भौतिक पूर्वाधार जुटाउने काम थालिएको बताउनुभयो ।

“गठन हुन लागेको प्रदेश सरकारले पछि मन्त्रालयको संख्या थपघट गर्न सक्छ” उहाँले भन्नुभयो, “हाललाई केन्द्रीय सरकारले तोकेबमोजिम मन्त्रालय स्थापना गर्न लागिएको छ ।”

प्रदेशमा हाललाई आन्तरिक मामिला, सामाजिक विकास, भौतिक पूर्वाधार, कृषि, पर्यटन, उद्योगलगायतका मन्त्रालय स्थापना गर्न लागिएको बताइएको छ ।

प्रदेश मुख्यमन्त्रीको निवास र मन्त्रालय सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीको नयाँ निर्माण गरिएको भवनमा राख्ने गरी तयारी गरिएको छ ।

यस्तै अन्य मन्त्रालयको लागि क्षेत्रीय सिँचाइ निर्देशनालय, क्षेत्रीय वन कार्यालय, क्षेत्रीय पशु सेवा तालिम केन्द्र, जिल्ला कृषि विकास कार्यालय, आन्तरिक राजश्व कार्यालय, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रलगायत कार्यालय रहेको भवनलाई प्रयोग गर्ने गरी तयारी गरिएको छ ।

प्रदेशसभाको बैठकका लागि छनोट गरिएको जिल्ला समन्वय समितिको कार्यलय रहेको सभाकक्षलाई संसद् सचिवालयको ढाँचा बमोजिम पुनः निर्माण एवं मर्मत गर्ने कार्य भइरहेको छ ।

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा रहेको जिल्ला प्राविधिक कार्यालयलाई सभामुख, उपसभामुखको कार्य कक्षका साथै संसदीय दलको कार्यालय रहने भएको छ ।

सात नं प्रदेशबाट प्रदेशसभामा नेकपा (एमाले)का २५, नेकपा (माओवादी केन्द्र) का १४, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसदले प्रतिनिधित्व गरेका छन् । प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो १ बजे बस्न लागेको छ ।

संसद्को बैठक सञ्चालनलगायतको कामको व्यवस्थापन गर्न संसद् सचिवालयको कर्मचारीको एक टोली ७ नं प्रदेशको अस्थायी मुकाम धनगढी आउन लागेको बताइएको छ ।

संविधानले प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्य मध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको बीस प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद्को गठन गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश: १ बजेसम्म करिब ३० प्रतिशत , बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मत खस्यो

देउवा बिना सुदूरपश्चिम: कांग्रेसको ‘अजेय किल्ला’ ढल्ने खतरा ! देशभर कहाँ कहाँ असर पर्दैछ ?

कैलाली–१ : रेशम चौधरीको गढमा शक्ति सन्तुलन फेरिने संकेत

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group