काठमाडौँ, २५ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै छ ।
त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालसँग लगातार दुई खेल हारेर पिएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रदै छ ।
यसअघि फागुन १९ मा भएको खेलमा पपुवा न्युगिनीलाई नेपालले हराएको थियो । पपुवा न्युगिनीले दिएको २८० रनको टार्गेट पछ्याउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जित हासिल गरेको थियो ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौँ स्थानमा छ । नेपालले अब दुई खेल जिते ३६ अंक हुने छ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै एकदिवसीय मान्यता जोगाउन पर्याप्त हुने छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आज पुनः हुने खेलका लागि नेपाली खेलाडीको सूची सार्वजनिक गरिसकेको छ । सातौँ स्थानमा रहेको पिएनजीको ३२ खेलबाट ९ अंक छ।
बिहीबारदेखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचीमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन ।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भीम सार्की, ललित राजवंशी
नेपालले टियु मैदानमा मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस्