ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ ऋणीलाई चैतदेखि घट्ने भयो बैंकको ब्याज, पुरानालाई वैशाखदेखि


abc tv
२५ फाल्गुन २०७९, बिहिबार   १ : २९   बजे

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। बिहीबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो।

चैत १ गतेदेखि लागू हुने गरी साधारण निक्षेपमा ०।४ प्रतिशत ब्याजदर घटाइने भएको हो। त्यसैगरी कर्जाको प्रिमियममा ब्याजदर १ प्रतिशतले घटाइने भएको छ।

वित्तीय संस्थाहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भइरहेकोमा बढीमा ५ प्रतिशत थप्ने गरी निर्णय गरेका हुन्।

प्रिमियम १ प्रतिशतले घटाउने निर्णय चैत १ देखि लागू हुने भएको छ।

आधार दर गत वर्षको पुसको औसत आधार दरको तुलनामा २९ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा बैंकको आधार दर औसत ८।४२ प्रतिशत थियो।

तत्कालका लागि साना ऋणीलाई राहत हुने गरी प्रिमियम घटाउने निर्णय भएको छ।

त्यस्तै कुल डिपोजिटको ब्याजदर १० प्रतिशत र बचतको ब्याजदर ०।४२ प्रतिशत विन्दुले घटाउने निर्णय भएको उनले बताए। यसको अर्थ बचतको ब्याजदर ६ देखि ८ प्रतिशतको बीचमा रहनेछ।

बैंकहरुसँग भएको कुल निक्षेपमा बचत खातामा भएको निक्षेपको हिस्सा २६ प्रतिशत छ। जसकारण बचतमा ब्याजदर घटाउने निर्णयले बैंकहरुको आधार दर र कर्जाको ब्याजदर घट्छ। मुद्दती निक्षेपमा भने फागुनकै ब्याजदर यथावत राखिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu