ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप


एबीसी न्यूज
३० असार २०८३, मंगलबार   २ : १३   बजे

काठमाडौं— प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रेस स्वतन्त्रता, संसद्को मर्यादा र संसदीय नियमावलीको पालनालाई लिएर सत्ता र प्रतिपक्षबीच तीखा आरोप–प्रत्यारोप भएका छन्। रास्वपाले सञ्चारगृहमाथि भएको अवरोधको प्रयासलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भनेको छ भने नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र रास्वपा सभापति रवि लामिछानेले संसद्को नियम उल्लंघन गरेको भन्दै सभामुखसँग रुलिङ माग गरेको छ।

‘शाही शासनले नझुकाएको प्रेस दुई–चार गाडीले तर्सिँदैन’ : प्रकाशचन्द्र परियार

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथि हुने कुनै पनि प्रकारको अवरोध, दबाब वा त्रास सिर्जना गर्ने प्रयास प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन्।

राजधानीस्थित एक सञ्चारगृहको मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरेर आवतजावत अवरुद्ध पार्ने घटनाप्रति कडा प्रतिक्रिया दिँदै उनले सरकारले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न गम्भीर हुनुपर्ने बताए।

परियारले नेपाली पत्रकारिताले निरंकुश शासन, राजनीतिक संक्रमण र कठिन परिस्थितिसमेत सामना गर्दै वर्तमान अवस्था हासिल गरेको स्मरण गराउँदै भने, “हिजो निरंकुश शाही शासनमा बन्दुक बोकेका सेना समाचार कक्षभित्र पस्दा पनि नझुकेको नेपाली प्रेस आज सडकमा दुई–चारवटा गाडी तेर्स्याएर तर्सिनेवाला छैन।”

उनले सत्यलाई दबाउने प्रयास ‘हत्केलाले सूर्य छेक्न खोजे’ जस्तै भएको टिप्पणी गर्दै लोकतन्त्रको रक्षा गर्न स्वतन्त्र प्रेस अपरिहार्य रहेको बताए।

‘प्रेस स्वतन्त्र मात्र होइन, जिम्मेवार पनि हुनुपर्छ’

रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको उल्लेख गर्दै परियारले पत्रकारिताभित्र पनि आत्मसमीक्षा आवश्यक रहेको धारणा राखे। महात्मा गान्धीको भनाइ उद्धृत गर्दै उनले स्वतन्त्र प्रेससँगै जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याए।

उनले सरकार र गृह प्रशासनलाई सञ्चारगृह तथा पत्रकारले त्रासरहित वातावरणमा निर्बाध रूपमा काम गर्न पाउने सुरक्षा सुनिश्चित गर्न आग्रह गरे।

रवि–बालेनको पाँच मिनेटको भेटघाट

यहीबीच, प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने एकसाथ संसद् भवन पुगेका थिए।

बैठकमा प्रवेश गर्नुअघि दुवैले सभामुख डोलप्रसाद अर्यालको कार्यकक्षमा करिब पाँच मिनेट छलफल गरेका थिए। छलफलको विषयवस्तुबारे भने कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

एमालेको आपत्ति : संसद्को नियम उल्लंघन भयो

प्रधानमन्त्री शाह र सभापति लामिछानेको संसद् प्रवेशलाई लिएर नेकपा एमालेले भने नियमावली उल्लंघन भएको भन्दै सभामुखसँग रुलिङको माग गरेको छ।

एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० (छ) को उल्लंघन भएको दाबी गर्दै सांसद खुसीबु ओलीले बोलिरहेका बेला प्रधानमन्त्री र रास्वपा सभापति सभामुखको आसनअगाडिबाट हिँडेको आरोप लगाए।

उनले उक्त कार्य संसदीय मर्यादा विपरीत भएको भन्दै सभामुखले स्पष्ट रुलिङ गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन निर्देशन दिनुपर्ने माग गरे।

संसद्मा बढ्यो राजनीतिक तनाव

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रेस स्वतन्त्रता, सञ्चारगृहमाथि भएको अवरोध, प्रधानमन्त्री र रास्वपा सभापतिको संसद् प्रवेश तथा संसदीय नियमावलीको पालना जस्ता विषय एकै दिन बहसको केन्द्रमा रहे। सत्ता पक्षले प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ भने प्रतिपक्षले संसद्को प्रक्रिया र मर्यादासम्बन्धी विषयमा प्रश्न उठाएको छ। यससँगै संसद्भित्र राजनीतिक ध्रुवीकरण र प्रक्रियागत विवाद थप चर्किएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu