विराटनगर, २७ फागुन । हुन्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ४ लाख ७५ हजार नगदसहित शुक्रबार पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय धर्मानन्द साहलाई ४ लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौचर र एटिएम कार्डसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले उनलाई हुन्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्