ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालविवाह अन्त्य गर्न पालिकाको समर्थन


एबीसी / संवाददाता
२७ फाल्गुन २०७९, शनिबार   १० : २८   बजे

जाजरकोट, २७ फागुन । जाजरकोटका पालिकाले सन २०२७ सम्म बालविवाह अन्त्य गर्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाभित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह, बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखले २०२७ सम्म जिल्लालाई यसबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्लाका भेरी नगरपालिकाबाहेक अन्य पालिकाका सरकार प्रमुखको सहभागिता रहेको यहाँ आयोजित कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो । विभिन्न आठ बुँदे साझा प्रतिबद्धता व्यक्त गर्दै बालबालिकाका माथि हुने सबै खालका हिंसासमेत अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाका सरोकारवालाको संयुक्त बैठकमा साझा धारणा बनाई २०२७ सम्म लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा हस्ताक्षरसमेत भएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजना र सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास अभियानलगायतका अन्य संघ संस्थाको सहयोगमा उक्त अन्तरक्रिया भएको थियो । सेभ द चिल्ड्रेनको सहयोगमा पहाडी क्षेत्र विकास अभियानले जिल्लाका कुशे गाउँपालिकामा बालबालिकासम्बन्धी गरेका काम, बालविवाह हुन नदिन गरिएका प्रयासको विषयमा समेत जानकारी गराएको थियो । अन्य संस्थाले छेडागाड नगरपालिकामा गरिएको कार्यक्रमको विषयमा समेत जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group