काठमाडौँ, २७ फागुन । सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छन् ।
संघीय संसद् भवन नयाँ बनेश्वरमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरू रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीप कार्की र राजकिशोर यादव छन् ।
यस्तै, उनको समर्थकमा सांसदहरू अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिसकुमार सुमन छन् ।
उम्मेदवार यादवले आफ्नो उम्मेदवारी जित्नका लागि भएको बताएकी छन् । निर्वाचनसम्मका लागि नै उम्मेदवार दिएको उनले उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस्