ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइसिसी विश्वकप लिग–२ : युएईविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल


एबीसी / संवाददाता
२८ फाल्गुन २०७९, आइतबार   ८ : ५९   बजे

काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र युएई भिड्दै छन् । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

आजको खेल जित्दै नेपाल दुई खेल अघि नै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार जित निकाल्ने लक्ष्यमा छ । युएई भने पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

युएईलाई पराजित गरेमा नेपालको ३४ खेलबाट ३५ अंक हुने छ र अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लने छ ।

सात राष्ट्र सहमागी लिग–२ को शीर्ष पाँचमा रहने टिमले एकदिवसीय मान्यता जोगाउने प्रावधान छ । युएईका लागि पनि एकदिवसीय मान्यता जोगाउन नेपालविरूद्धको खेल जित्नै पर्ने दबाब छ ।

नेपालले लिग–२ मा अहिलेसम्म युएईसँग ४ खेल खेल्दा १ पटक मात्र पराजित गरेको छ ।

यस्तै, नेपालले लिग–२ को शीर्ष ३ मा रहेर सिधैँ विश्वकप छनोटमा स्थान बनाउन बाँकी ३ वटै खेल जित्नुपर्ने छ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।

सबै ३६ खेल खेलिसकेको स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन् ।

नेपाल र युएईको खेलमा नामिबियाको नजर रहने छ । यदि नेपाल युएईसँग पराजित भएमा नामिबिया तेस्रो हुँदै विश्वकप छनोटमा पुग्ने छ । ३६ खेल खेलिसकेको नामिबियाको ३९ अंक छ ।

नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हरसहित ३४ अंकका साथ पाँचौँ स्थानमा छ । अमेरिका ३६ खेलमा १६ जित र १७ हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।

नेपालले यदि युएईलाई हराउँदा ३६ अंकका साथ चौथो स्थानमा उक्लिने छ । बाँकी दुवै खेलमा पराजित भए पनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता बचाउने छ । त्यसैले नेपालको लक्ष्य युएईलाई हराउँदै दुई खेल अगावै एकदिवसीय मान्यता पक्का गर्ने हुने छ ।

यता युएई ३३ खेलमा १४ मा जित र १६ मा हरसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । युएईलाई शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सुस्ता विवाद : बाढीसँगै सीमामा फेरि तनाव, नेपालद्वारा भारतसँग कूटनीतिक विरोध

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu