लमजुङ, १५ माघ । चीन सरकारको लगानीमा लमजुङमा एक विद्यालय भवन निमार्ण हुने भएको छ । चीन सरकारको ८० करोड रुपैंया बढि लगानीमा राईनास नगरपालिका–९, मोहोरियाकोटमा भैरव माविको नयाँ भवन निर्माण हुने भएको हो ।
चिनको लगानीमा ६५ कोठासहितको विद्यालय भवन बन्न लागेको हो । अहिले विद्यालय भवन निर्माणको काम धमाधम भैरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार २०७६ साल असारसम्म विद्यार्थीहरुले अत्याधुनिक नयाँ भवनमा पढ्न पाउनेछन् । उहाँका अनुसार हालसम्म विद्यालयको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
२०१४ सालमा स्थापना भएको भैरव माविमा छिटै प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनका लागि आफूले पहल गर्ने राईनास नगरपालिकाका मेयर समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाले बताउनुभयो । कक्षा १० सम्मको पढाई हुँदै आएको विद्यालयमा अहिले तीनसय भन्दा धेरै विद्यार्थीले पढ्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्