ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिकेट प्रतियोगिता : यूएईलाई नेपालले दियो २४९ रनको लक्ष्य


ABC NEWS
२८ फाल्गुन २०७९, आइतबार   १ : ५४   बजे

 

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले यूएईसामु २ सय ४९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९।२ ओभरमा २ सय ४८ रन बनाउँदा अलआउट भयो।

पावर प्लेमा खराब सुरुवात गरेको नेपालले ७।१ ओभरमा ३ विकेट गुमाएर २२ रनको अवस्थामा थियो।

चौथो विकेटका लागि कप्तान रोहित पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए। ३७ बलमा चार चौका हान्दै भिम २९ रनमा क्याच आउट हुन पुगे।

यूएईका रोहन मुस्तफाले २१।६ ओभरमा भीमलाई मइयाप्पनको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए।

पाँचौ विकेटका लागि कप्तान रोहित र आरिफ शेखले ८६ रनको महत्वपुर्ण साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ अघि बढेको थियो।

कप्तान रोहित ३७।३ ओभरमा ११२ बलमा ९ चौका हान्दै ७७ रन बनाउँदा क्याच आउट हुन पुगे। रोहितले ८३ बलमा ७ चौका हान्दै आफ्नो करियरको आठौ अर्धशतक पूरा गरेका थिए।

आरिफ शेख ४३ रन बनाउँदा क्याच आउट भए। लामो सट खेल्ने धुनमा रहेका अरिफले ५२ बलमा ५ चौका हाने।

सातौँ विकेटका लागि गुलसन झा र दिपेन्द्रसिंह ऐरिले ४८ रनको साझेदारी गरे। ३२ बलमा १ चौका र ३ छक्का हानेका गुलसन झा ३७ रन बनाउँदा जाहोर खानको बलमा बोल्ड आउट भए। सन्दीपले २ रन बनाए।

दिपेन्द्रसिंह ऐरि ३४ रन बनाउँदा बोल्ड आउट भए। १९ बलमा ३ चौका र २ छक्का हाने। सोमपाल कामी २ रनमा नटआउट रहे। ललित राजवंशी शुन्य रनमा नटआउट रहे।

ओपनर कुशल भुर्तेल ८ रन बनाउदा एलबीडब्लु धरापमा परे। आशिफ शेख शुन्य रनमा आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए।

आगामी ४ वर्षका लागि ओडिआई मान्यता जोगाउनका लागि नेपाल र युएई दुवै महत्वपुर्ण जितको खोजीमा छन्।

युएईका लागि आयान अफ्जल खान, रोहन मुस्तफा, जवार फरिद र जाहुर खानले समान २ विकेट झारे। आर्यन लाक्रा, जुनैद सिद्दिकीले एक एक विकेट आफ्नो नाममा गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu