सर्लाही, २८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कुर्सी ठुलो नभइ कुर्सीमा बस्नेले गर्ने काम ठुलो हुनुपर्ने बताएका छन् ।
“फोनिजको अभियान, सञ्चारमा पहिचान’ भन्ने मूल नाराका साथ आज आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने, “अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलो बुझ्नै पर्छ ।”
उनले मन्त्रालय जनताको हो भन्दै जनतासँग सहकार्य गर्न आफू तयार रहेको बताए । जनताको प्रगति नै मुलुकको उन्नति हो भन्दै उनले त्यसका लागि पर्यटन व्यवसाय पहिलो सर्त भएको बताए ।
प्रतिक्रिया दिनुहोस्