ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बस दुर्घटनामा मृत्यु भएका सबैको परिचय खुल्यो


एबीसी / संवाददाता
२८ फाल्गुन २०७९, आइतबार   ९ : १५   बजे

सिन्धुली, २८ फागुन । मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभिरमा आज भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगाका पाँच र उदयपुरका एकजना छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मुत्यु हुनेहरूमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय पेशल भुजेल, सिद्धिचरण नगरपालिका–५ बस्ने ३२ वर्षीया जोसना राई, सोही ठाउँकी ४० वर्षीया राधा भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की, चिशङ्खुगढी गाउँपालिका–४ बस्ने २६ वर्षीय सञ्जित राई र उदयपुरको कटारी नगरपालिका–२ बस्ने ३४ वर्षीया कुमारी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

ओखलढुंगाका पाँचै जना मृतकको शवपरीक्षणका लागि ओखलढुंगा लगिएको र उदयपुरका एकजनाको शव सिन्धुली अस्पताल ल्याइएको उनले सिलवालले दिए ।

ओखलढुंगाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नंको बसमा चालकसहित ३६ जना सवार थिए । तीनजना गम्भीरसहित घाइते १६ जनालाई उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक सिलवालको भनाइ छ ।

घाइते आठजनालाई हेलिकोप्टर र आठजनालाई एम्बुलेन्समार्फत् उपचारका लागि काठमाडौँ पठाइएको हो । सामान्य घाइते रहेका १४ जनाको स्थानीय अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बस ब्रेक फेल भएर अन्यन्त्रित भई भित्तामा ठोकिन पुग्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group