ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा


एबीसी / संवाददाता
२९ फाल्गुन २०७९, सोमबार   १० : ०७   बजे

बैतडी, २९ फागुन । बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट एक हजार दुई बढी नागरिक लाभान्वित भएका छन् ।

दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बैतडीले सिगास र पञ्चेश्वरमा कार्यक्रम सञ्चालन गरेको हो । विशेषज्ञ सेवासहितको स्वास्थ्य गाउँघर चिकित्सक कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर दिपेश श्रेष्ठले जानकारी दिए । शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, अल्ट्रासाउण्ड सेवा, इसिजी सेवालगायत विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो ।

यस्तै, अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवालगायतका स्वास्थ्य सेवा पनि शिविरमा सञ्चालन गरिएको हो । यसका साथै सामान्य चेकजाँचका साथै विशेषज्ञ सेवा पनि दिने गरिएको छ ।

सिगासको गाँजरी स्वास्थ्यचौकीमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा सात सय ८८ जनाले सेवा लिएका छन् । उक्त शिविरमा एक ५६ जनाले हाडजोर्नी, एकसय १० जनाले भिडियो एक्सरे, एकसय ३१ जनाले नाक कान र घाँटीसम्बन्धी सेवा, ८९ जना बालबालिका र दाँतसम्बन्धी समस्या भएका ९३ जना, १२ जनाले इसिजी र तीनसय २९ जनाले सामान्य चेकजाँच सेवा लिएका छन् ।

यसअघि जिल्लाको पञ्चेश्वर गाउँपालिकामा गाउँघर चिकित्सक कार्यक्रमअन्तर्गत सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय जनाले सेवा लिएका लिएका थिए । अस्पतालको पहुँच बाहिर रहेका दुर्गम ठाउँका नागरिक सेवा पाउँदा खुसी पनि भएका छन् ।

जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालेको हो । निकट भविष्यमै अर्को दुर्गम पालिकामा उक्त कार्यक्रम सञ्चालन हुने जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

शिक्षा क्षेत्रको विकासमा बागमती प्रदेश सक्रिय ः मुख्यमन्त्री बानियाँ

सम्बन्धित

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन–जी अगुवाहरु प्रहरीको नियन्त्रणमा

संसद्‌को आश्वासनदेखि होल्डिङ सेन्टरको डुबानसम्म — सुकुम्बासी व्यवस्थापनमा सरकारको गम्भीर असफलता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu