ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी राशि भएका महिलाहरू अधिक चलाख र बुद्धिमान हुन्छन्


एबीसी न्यूज
१५ माघ २०७४, सोमबार   १ : १२   बजे
हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा हुन्छ, जब हामी कुनै विपत्तिमा आफ्नो दिमागको सही प्रयोग गर्छौँ । चलाखीपूर्वक बुद्धिको प्रयोग गर्नु पनि एक कला हो, जो हाम्रो ज्योतिषीय गुणमा समावेश छ । हुनत: हरेक व्यक्तिमा आफ्नो गुण हुन्छ तर आज हामी राशिको माध्यमले थाहा पाउने छौँ कि वास्तवमा कुन-कुन राशि भएका मानिस अधिक चलाक र बुद्धिमान हुन्छन् । ज्योतिषशास्त्रका अनुसार, आज यहाँ ती राशिहरूको बारेमा चर्चा गरिएको छ, जो सबैभन्दा बढी बुद्धिमान मानिसको श्रेणीमा पर्दछन् ।

तुला राशि हरेक समस्याको सहजै समाधान निकाल्न तुला राशि भएका मानिसहरू आफ्नो बुद्धिमानीको कारण नै चिनिन्छन् । यो राशि भएका मानिसहरू आफ्नो स्तरमा आइडिया सोच्ने गर्दछन् र यसलाई एक अलग ढंगले प्रदर्शन गर्दछन् । यदि कुनै सोचलाई परिवर्तन गरी केही नयाँ काम गराउने सोच्नुहुन्छ भने यसको लागि तुला राशि भन्दा राम्रो कुनै राशि हुनसक्दैन । तुला राशि भएका मानिसहरूसँग हरेक समस्याको समाधन हुन्छ । जब कुनै पनि समस्या उत्पन्न भएमा यस राशिका मानिसले हरेक किसिमले समाधान निकालेर नै छोड्छन्। यस राशिका मानिसहरू एकदमै मिलनसार मित्र र राम्रो सल्लाहकार मानिन्छन् ।

कुम्भ राशि कुम्भ राशिको मानिसहरू सबैभन्दा बढी समझदार हुन्छन् किनकी यी मानिस हरेक स्थिति अनुकूल नै निर्णय लिन्छन् । यस राशिका मानिस सबैभन्दा अलग सोचका हुन्छन् । यिनिहरूको दिमागमा सधैँ अलग र क्रिएटिभ आइडियाले जन्म लिन्छ । यो राशि भएका मानिस आफ्नो कुशलतालाई देखाउन कहिलै पछी हट्दैनन् । यी मानिसहरूमा सबैको मनमा राज गर्ने कौशल हुन्छ । यिनीहरू ज्ञानको धनि हुन्छन्, आफ्नो गहन ज्ञानको कारणले यी मानिस हरेक समस्याको कुनै न कुनै हल निकाल्छन् ।

कन्या राशि आलोचक र विश्लेषक ज्योतिष शास्त्रका अनुसार कन्या राशि हुने मानिसहरूको सबैभन्दा ठूलो विशेषता नै यिनीहरू ज्यादै बुद्धिमानी हुन्छन् । यी मानिसहरूले उचित अवस्थामा मात्र प्रतिक्रिया जनाउँछन् । यिनीहरू एक-एक गरि आफ्नो दिमागमा विचारलाई सिर्जना गर्दछन् र सही समयमा नै बलियो रहेको त्यस विचारलाई सबैको अगाडी देखाउँछन् । यी मानिसहरू अवस्थालाई विश्लेषण गरेर मात्र अगाडी बढ्छन् ।

मीन राशि यस राशिलाई भावुक राशि भनिन्छ र जब कुरा दिमाग चलाउने आएमा यो राशि भएका मानिसहरू आफ्नो हिसाबले काम गर्छन् । यदि यिनीहरूमा कुनै एकदमै महान विचार छ भने त्यसमा हृदय देखि नै काम गर्छन् र त्यसलाई सबैको सामु ल्याउन अधिक मेहेनत गर्छन् । यी राशि भएका मानिसहरू एक महान बुद्धिको स्वामी हुने गर्छन् ।

सिंह राशि चलाकको राजा सिंह राशि भएका मानिसहरूलाई यदि कुनै यस्ता काम दिनुहोस्, जसमा बढी दिमाग लगाउनु पर्ने आवश्यकता पर्दछ । हुनसक्छ कि उनीहरूले पहिलो पटक त्यो काम नबुझे पनि तर हार मान्दैनन् । यस राशिका मानिसहरूले थोरै ढिलो समझदारी देखाउँछन् तर यसको अर्थ यो पनि होइन कि यी मानिसहरू बुद्धिमान हुँदैन । यिनीहरू कुनै पनि काम सोच्नको लागि थोरै समय लगाउँछन् तर यिनीहरूले एक पटक गर्छु भनेपछि त्यो गरेर छोड्छन् । स्रोत विभिन्न अनलाईन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu