काठमाडौं, १५ माघ । स्पेनिस ला लिगा फुटवलमा बार्सिलोना विजयी भएको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले आलाभेसलाई २–१ ले हराएको हो । फिलिप कोटिन्होले बार्सिलोनाबाट डेब्यु गरेको खेलमा टीमलाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरे ।
योसंगै मेस्सीले ला लिगाको यो सिजनमा गोल संख्या २० पुर्याएका छन् । नजितापछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी ११ भएको छ ।
प्रतिक्रिया दिनुहोस्