काठमाडौँ, २ चैत । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टाअघि नै खेल परिसरमा दर्शकको भिड बढेको छ ।
त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहानदेखि दर्शक पुग्न सुरु गरेका छन् । बिहान ७ः ४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाइएपछि खेल मैदानमा पूरैमा भीड लागेको छ ।
क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण टिकट खेल मैदानमा बेचिएको छैन । खेल बिहान ९ः ३० देखि सुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस्