काठमाडौँ, २ चैत । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल ह्याकरको नियन्त्रण्मा रहेको आशंका गरिएको छ ।
पछिल्ला पिएमओ नेपालबाट विभिन्न असान्दर्भिक विषयवस्तु रि–ट्विट भएका छन् । विभिन्न तीन फरक–फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आइटी टोलीले यसबारे अध्ययन थालेको छ ।
प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटरमा समस्या आएपछि प्रविधिकको टोलीले अनुसन्धान थालेको र छिट्टै समस्याको समाधान हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्