ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रंगशाला चाहियो’


एबीसी / संवाददाता
२ चैत्र २०७९, बिहिबार   ९ : २८   बजे

कीर्तिपुर, २ चैत । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, “प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रंगशाला चाहियो ।”

दर्शकहरूले क्रिकेट हेर्न कीर्तिपुर पुगेका राष्टियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महत, नेकपा (एमाले) नेता रघुजी पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीदेखि कांग्रेस नेता प्रदीप पौडेलसम्म अट्ने रंगशाला चाहिएको अनुरोध गरे । प्रधानमन्त्री दाहालसँगै भरतपुर महानगर प्रमुख रेणु दाहाललाई पनि देखेपछि दर्शकहरूले फेरि भन्न थाले, “दिदी, रंगशाला चाहियो ।”

नेपाली क्रिकेट इतिहासकै महत्त्वपूर्ण जित हासिल भएको आजको खेलमा नेपाल विरुद्ध कुनै देशले बनाएको सबैभन्दा ठुलो योगफलमात्र होइन दर्शकको उपस्थिति पनि ऐतिहासिक भन्न लायक थियो ।

आयोजकहरूका अनुसार ११ हजार वटा टिकट बिक्री अघिल्लो दिन नै भएको थियो । तर, टिकट किन्नेमध्ये धेरैले भित्र पस्न पाएनन् । टिकट खरिदकर्ता र सञ्चार माध्यमलाई प्रवेशका लागि तोकिएको ६ नम्बर गेटमा खेल सुरु हुँदा नहुँदै अत्यधिक चाप भएपछि प्रहरीले गेट नै बन्द गरिदिएको थियो । परिणामस्वरूप धेरै क्रिकेट प्रेमीहरू रंगशाला वरिपरिका अग्ला स्थान र रुखमा समेत चढन बाध्य भएका थिए । सँगैको आयुर्वेद विभागको छतसमेत पूरै भरिएको थियो । भीड बढदै गएपछि प्रहरीले बलपूवर्क पाखा लगाएको थियो । त्यसपछि त्यहाँ केही बेर नाराबाजीसमेत भयो ।

“यो अवस्थाले कीर्तिपुर रंगशालाको संरचनालाई जतिसक्दो ठुलो बनाउनुपर्ने देखियो”, त्यहाँ खेल हेर्न पुगेका नेपाली कांग्रेसका नेता प्रदीप पौडलले भने ।

खेलमा जितसँगै नेपाल विश्वकप छनोट चरणमा पुगेको छ । तर देशमा हालसम्म एउटा पनि अन्तर्राष्ट्रियस्तरको रंगशाला छैन भन्नुपरेको नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरू बताउँछन् । “एउटा भन्नु त्यही त्रिवि रंगशाला छ जहाँ प्यारापिट छैन, राति र दिनमा पनि खेलाउन सकिने फ्लड लाइटहरू छैनन् र चाहे जति दर्शकलाई खेल देखाउन पनि सक्दैनौँ”, क्यानका सचिव दीर्घराज पाठकले भने । उनका अनुसार अहिलेको रंगशालामा थोरै सुधार गर्ने हो भने पनि झण्डै २० हजार दर्शक अटाउन सक्छन् । आज भने ११ हजार टिकट मात्र बिक्री गरिएको उनले बताए ।

क्यानले यसबारे सरकारलाई धेरै पटक ध्यानाकर्षण गराइसकेको जानकारी पनि पाठकले दिए । “स्रोतको अभावका कारण चाहेर पनि धेरै गर्ने सक्ने अवस्था छैन । अर्कोतर्फ त्रिविको स्वामित्व भएको जमिनमा केही गर्न उसको पनि सहमति चाहिन्छ”, उनको भनाइ छ ।

त्रिविबाहेक उपत्यकामा मूलपानी लगायतका स्थानमा रंगशाला र बाहिरका रंगशालालाई पूर्ण क्षमतामा चलाउन नसक्दासम्म नेपाली क्रिकेटको व्यवस्थापन राम्रो हुन नसक्ने देखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu