ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन जोड्ने छोटो मार्ग तमोर करिडोरमा यातायात सञ्चालन सुरु


admin
१५ माघ २०७४, सोमबार   २ : ५३   बजे

धनकुटा, १५ माघ ।  जोगवनीदेखि पूर्वी पहाड हुँदै छिमेकी मुलुक चीनसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको तमोर करिडोर मार्ग खोलिएसँगै यातायात सञ्चालनमा आउन थालेकाले स्थानीयवासी खुशी भएका छन् ।

तमोर नदी गड्तिरबाट गाडी चढ्न तीन घण्टा बढी पैदलदूरी यात्रा गरेरमात्र सम्भव हुने सो क्षेत्रमा यातायात सञ्चालन भएसँगै मानिसमात्र होइन स्थानीयस्तरमा उत्पादित कृषि उपजसमेत बजारसम्म पु-याउन सहज भएकाले यहाँका बासिन्दा खुशी भएका स्थानीयवासी नरेन्द्र याख्खाले बताउनुभयो ।

हामीले सपनामा समेत नसोचेको घरछेउमा गाढी चढ्नमात्र होइन हाम्रो कृषि उपज पनि बजार पुग्ने भएका कारण तमोर नदी किनाराका बासिन्दाले निकै सहज महसुस गरेका छन् । पूर्वी पहाडका धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लालाई तराईका बजार जोड्ने सबैभन्दा छोटो मार्ग तमोर करिडोरअन्तर्गत पाँचथरको फिदिमबजारदेखि धनकुटाको मुलघाटसम्म सवारी साधन सञ्चालनमा आएसँगै स्थानीयवासीले राहत महसुस गरेका छन् ।

धनकुटाको मूलघाटदेखि पाँचथरको सावाखोलासम्म ५२ किमी मार्ग खोल्ने काम पूरा भएसँगै पाँचथरको सदरमुकाम फिदिमदेखि तमोर करिडोर हुँदै तराईका विभिन्न जिल्लातर्फ दैनिक दर्जनभन्दा बढी साना सवारी साधन सञ्चालनमा आउन थालेका छन् ।

तमोर करिडोरमा यातायात सञ्चालन भएसँगै साना होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । यात्रुलाई सेवा दिने उद्देश्यले तमोर करिडोर विभिन्न क्षेत्रमा तीन दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । करिडोरमा नियमित रुपमा गाडी चल्न थालेपछि व्यापार व्यवसाय बढेको हंशमोरङका होटल व्यवसायीको रेणुदेवी दाहालले बताउनुभयो ।

यातायातका साधन सञ्चालनमा आएसँगै अहिले दैनिक उपभोग्य सामान गाउँसम्म पु¥याउन तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादनबजार लैजान पनि निकै सहज भएको स्थानीयवासी बताउँछन्् । धनकुटाको मूलघाटबाट पाँचथरको माझीटार, ताप्लेजुङको सुकेटार र ओलाङ्चुङ्गोला हुँदै चीनको तीब्बतसँग जोड्ने लक्ष्यका साथ आयोजनाको काम भइरहेको आयोजना प्रमुख कुबेर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार तमोर करिडोर अब बराहक्षेत्र हुँदै सुनसरीको चतरा जोड्ने ठेक्का सम्झौता एक महिनभित्र हुने र पाँचथरको सुवाङ खोलादेखि चतरा १४० किमी सडक हुने नेपाली बताउनुहुन्छ । नेपालीका अनुसार करिब रु ६५ करोड खर्चमा मूलघाट ताप्लेजुङ सडकखण्डमा काम भइरहेको छ ।

मेची पहाडको ताप्लेजुङबाट तराई पुग्न ८ देखि १० घण्टा र पाँचथरदेखि इलाम हुँदै तराईसम्म छ घण्टा लाग्ने अवस्था रहेकामा हाल तमोर करिडोर हुँदै तराई पुग्न ताप्लेजुङबाट चारदेखि पाँच घण्टामा तराईका जिल्ला पुग्न सकिने यातायात व्यवसायीको भनाइ छ । मेची राजमार्ग हुँदै तराई जानुभन्दा ५० प्रतिशत कम समय तमोर करिडोरमा लाग्ने भएकाले उपयुक्त र सहज पहुँचमार्ग बन्ने स्थानीयवासीको भनाइ रहेको छ ।

धनकुटाको मूलघाटदेखि तमोर करिडोर १८० किमी र मोरङको रानीभन्सारदेखि ताप्लेजुङ ओलाङ्चुङ्गोला हुँदै चीन जोड्न कूल २७० किमीसम्म उत्तर–दक्षिण सडक हुने आयोजनाका प्रमुख नेपालीले बताउनुभयो । यता तमोर करिडोरकै मूलघाट–चतरा ३३ किमी सडक मार्ग खोल्न बजेटसमेत विनियोजन भइसकेकाले चीन र भारत जोड्ने थप छोटो पहुँचमार्ग बन्नेसमेत निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीजमा दिदीबहिनीलाई उपहार दिने गोविन्दको सपना, भोटेकोशी बाढीले अधुरै बनायो

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढीले नुवाकोटका किसानको पशुधनमा ठूलो क्षति, पुनर्स्थापनाको चिन्ता

भोटेकोशी बाढीपीडितका लागि राष्ट्रसङ्घद्वारा ४ करोड ९६ लाख डलर सहयोगको अपिल

कृष्णभिर सडक अवरुद्ध भएपछि ग्यास आपूर्ति सहज बनाउन उद्योगी सक्रिय

तीजमा दिदीबहिनीलाई उपहार दिने गोविन्दको सपना, भोटेकोशी बाढीले अधुरै बनायो

चीनको गिरोङमा बाढी–पहिरोमा ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu