काठमाडौं, १५ माघ । वाम गठबन्धनले माओवादी केन्द्रबाट प्रदेश नम्बर ३ मा राष्ट्रिय सभा उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’को जित सुनिश्चित गर्न एमाले नेता बेदुराम भुसालको उम्मेदवारी फिर्ता गर्ने भएको छ।
यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको थियो। एमालेबाट बलराम बास्कोटा र बेदुराम भुसाल तीन नम्बर प्रदेशबाट खुलातर्फ उम्मेदवार बनेका थिए।
विवेकशील साझा र नयाँ शक्तिले कांग्रेस उम्मेदवार राधेश्याम अधिकारीलाई समर्थन गर्ने भएपछि खुलातर्फ वामगठबन्धनका २ उम्मेदवारले मात्रै जित्न सक्ने भन्दै बेदुरामको उम्मेदवारी फिर्ता गर्न लागिएको एक स्रोतले बतायो।
प्रतिक्रिया दिनुहोस्