काठमाडौँ, ७ चैत । त्रिभुवन विश्वविद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका हुन् ।
नेविसंघ त्रिवि समितिको अध्यक्ष पद रिक्त रहेकाले संगठनको विधान २०२७ को सातौँ संशोधन २०७५ बमोजित तीन महिनाभित्र समितिको त्रिवि अधिवेशन सम्पन्न गर्ने गरी वडैलालाई जिम्मेवारी दिइएको उनले बताए ।
उता वडैलाले संगठनले दिएको जिम्मेवारी आफूले पुरा गर्ने बताएका छन् । “मलाई संगठनले विश्वास गरेर जिम्मेवारी दिएको छ । म सधैँ त्रिविमा संगठन निर्माणमा क्रियाशील थिए । यो जिम्मेवारीले मलाई संगठनलाई थप गतिशील बनाउन प्रेरेरित गरेको छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्