काठमाडौँ, ७ चैत । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक चैत्र ७ गते मंगलबारलाई बोलाइएको हो ।
विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालयमा दिउँसो १२ः३० बजे बस्ने छ ।
जसपाले चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरे अनुसार त्यसको तयारीका लागि यो बैठक बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस्