लुम्बिनी १५ माघ । शितलहर बाट बँच्न आगो ताप्न दाउराको जोहो गरिरहेको बेला रुखको हाँगाले च्यापिएर रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ ।
स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ तेनुहवा निवासी ४५ बर्षीया जेलेखा खातुनको रुखको हाँगा बाट च्यापिएर मृत्यु भएको हो ।
आज बिहान ८ बजे उनले लुम्बिनी बिकास सिसौघारी भित्र सुकेको दाउरा तोडनेक्रममा माथिबाट रुखको हाँगा टाउकोमा खस्दा उपचारको लागि भैरहवा लैजादै गर्दा बाटोमा मृत्यू भएको पारिवारिक स्रोतको भनाई छ ।
मृतक खातुनको भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई अन्त्योष्टिका लागि परिवारजनको जिम्मा लगाई प्रहरी द्वारा थप अनुसन्धान कार्य अघि बढाईएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका सहायक प्रहरी निरीक्षक महेन्द्र पोखरेलले जानकारी गराए ।
प्रतिकूल मौषम शीलहरका कारण कठयांग्रिदो जाडो बाट बाँच्न राज्यले प्रबन्ध नमिलाउदा स्थानीयहरु लुम्बिनी बिकास कोषको सिसौघारीमा सुकेको दाउरा संकलन गरि आगो ताप्ने गरेको पाईएको छ ।
एबीसी रिर्पोटर विदुर कुमार चौहान
प्रतिक्रिया दिनुहोस्